२८ आश्विन २०८३, बुधबार

अमेरिकाको बाल्टिमोरमा यसरी मनाइयो ईन्द्र जात्रा (फोटो फिचर)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-विजय थापा

बाल्टिमोर । मेरिल्याण्ड राज्यको बाल्टिमोरमा आयोजना गरिएको तेश्रो इन्द्र जात्रा(येन्या पुन्ही) भव्यताको साथ सम्पन्न भएको छ ।

साथै जातीय भेषभूषामा सहभागी भएका बालबालिकाहरुलाई  पुरस्कृत समेत गरिएको छ ।

नेपा: कम्युनिटी यूएसएले (नेपा समुदाय अमेरिका) आयोजना गरेको उक्त समारोह मेरिल्याण्ड राज्यको गनपाउडर फल्स स्टेट पार्क नामक उद्यानमा सेप्टेम्बर १० शनिबारका दिन अत्यन्तै राम्रो मौशममा सम्पन्न गरिएको छ ।

महामारीको कारण २ बर्ष सम्म स्थगित गरेको इन्द्र जात्रालाई पुन निरन्तरता दिइएको छ ।

नेपाल कै महत्वपूर्ण सांस्कृतिक पर्व येन्हा (इन्द्रजात्रा) अब काठमांडौमा मात्र सिमित रहेन ।

अमेरिकाको वासिंगटन डिसीबाट १० बर्ष अगाडीबाट शुरू भएको ईन्द्रजात्रा अब अमेरिकाको बिभिन्न राज्यहरूमा अनि बिश्वका विभिन्न देशहरूमा समेत उल्लेख्य रूपमा मनाउने क्रम जारी छ ।

यसै क्रममा मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा पनि सन् २०१८ मा देखि मनाउन थालिएको हो ।

सन् २०१८ मा वर्षाको कारण समारोहमा केही अवरोध उत्पन्न भएता पनि समारोह सफल भएको थियो ।

नेवा: भेषभुषामा सजिएका बाल बालिका देखि लिएर नरनारीहरू र बिदेशी नागरिकहरू समेत सबै जनाको उपस्थितीले काठमाडौँको  झझल्को दिएको थियो ।

काठमाडौँमा गत शुक्रबार भाद्र २४ गते इन्द्र जात्रा मनाईएको थियो भने बाल्टिमोरमा भाद्र २५ का दिन मनाइएको छ ।

उक्त कार्यक्रममा नेवा: समुदायको परम्परागत भोज समयबजीको साथै कुमारी रथ यात्रा, भैरव तथा गणेशको रथ  प्रदर्शन, बृहत् आकर्षक सम्येबजि प्रदर्शन, धिमे बाजा,  परम्परागत सांस्कृतिक पहिरनका लगाई सांस्कृतिक बस्तुहरूको प्रदर्शन, पुलुकिसी तथा लाखे नृत्यहरू प्रस्तुत गरिएका थिए ।

काठमाडौँ उपत्यकाको झझल्को आउने गरी प्रसादको रूपमा हाथु हायेकेगु (श्वेत भैरवको मुखबाट जाँडलाई नलीबाट प्लास्टिकको प्यालामा (गिलास)लिई सेवन गरिएको राखी खुवाउने थियो ।

सन् २०१८ मा नली मै मुख तल राखेर जाड सेवन गराइएको थियो ।

कोभिड-१९ को कारण यस पटक गिलासमा लिई पिउनु पर्ने गरि राखिएको थियो ।

इन्द्रजात्रामा नेवा:समुदायको साथै वरपर तथा विभिन्न राज्यहरु बाट समेत आएका नेपाली समुदायको बाक्लो उपस्थिति थियो ।

विशेषगरी काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवा :समुदायहरूले मनाउने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो।

नेवा समुदायका पुरोहित बासब राजोपाध्यायले जानकारी गराए अनुसार येन्हा : पून्हीं ( ईन्द्र जात्रा) सम्बन्धमा नेपाल भाषामा “यँ ” भनेको ईन्द्र भगवान , “यँया:” भनेको ईन्द्रजात्रा हो l

यसको साथै पुलुकिसि ( ऐरावत हात्ति) ईन्द्रको वाहनले ईन्द्रलाई खोज्न आउँदा काठमांडौको किलाग: टोलमा समातिएको र ईन्द्र कि आमाले राक्षसको रूप “दागीं ” बनेर छोरोलाई लिन आएका थिए ।

बासव राजोपाध्यायले कार्यक्रम संचालन गरेका थिए भने इन्द्र जात्राको लागि अहोरात्र खटिने सृजना आर्ट कलेज नेपालका संस्थापक प्राचार्य (प्रिन्सीपल )बरिष्ठ कलाकारबैकुण्ठ मान श्रेष्ठले स्वागत गरेका थिए ।

साथै महाबाणिज्य दुत प्रेम राजा महत, वर्ल्ड नेवा: अर्गानाईजेशनका पूर्वअध्यक्ष सिजन श्रेष्ठले, डा श्याम कार्की लगायतले बाल्टिमोरमा आयोजित भएको इन्द्र जात्राको बारेमा बोलेका थिए ।

इन्द्र जात्रा आयोजक समितिका बैकुण्ठ मान श्रेष्ठ, विक्रान्तमान श्रेष्ठ ,सृजन ताम्राकार, दिलिप श्रेष्ठ लगायत सम्पूर्ण समिति सदस्यहरुले येन्हा पुन्ही सफल बनाउन करिव ५-६ महिना देखि ठूलो मेहनत गरेका थिए ।