
काठमाडौं, २५ भदौ । सवारी दुर्घटना नियन्त्रणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले र्याडर गनको सहायतामा गति मापन गरिरहेको छ ।
तीब्र गतिले दुर्घटनाको जोखिम बढेपछि झापा ट्राफिक सवारीको गति मापनमा सक्रिय भएको हो ।
झापा ट्राफिकका प्रमुख अशोक कुमार जवेगु सहित ट्राफिक प्रहरी दैनिक गति मापन र स्थलगत प्रशिक्षणमा खटिएका छन् ।
जिल्लाका विभिन्न भागमा सवारीको गति मापन गर्दै आएका ट्राफिक प्रहरीले तीब्र गतिमा हुइकिने सवारीलाई कारवाही समेत गर्दै आएका छन्













प्रतिक्रिया