२८ आश्विन २०८३, बुधबार

जन्मसिद्ध नागरिकका सन्तानले वंशज नागरिकता पाउनुपर्छ: अध्यक्ष ओली

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकका सन्तानले वंंशजका आधारमा नागरिकता पाउनुपर्ने बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उनले सरकारले अहिले ल्याएको नागरिकता विधेयकमा जन्मसिद्धका छोराछोरीलाई वंशजको नागरिकता पाउनेछन् भन्ने संशोधन थप गरी विधेयक ल्याउनुपर्ने धारणा राखेका हुन्।

‘यो संशोधन विधेयक तीन दिनमा पास हुनेछ,’ उनले भने। उनले नागरिकता विधेयक सम्बन्धमा सरकारले तनावको विषय बनाएर समस्या समाधान गर्न नखोजेको आरोप लगाए।