२८ आश्विन २०८३, बुधबार

ओलीको प्रश्न: प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिद्वारा पुनर्विचारका लागि फिर्ता भएको नागरिकता विधेयक हुबहु पास गरेर गठबन्धन सरकारले उदण्डता देखाएको बताएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले सत्तापक्षले अहंकारको भाषा बोलेको दावी गरे । उनले भने, ‘संसदभन्दा बाहिरै निर्णय गरेर छक्का हानेर रिङ आउट गरिदिन्छौं, सुन्दा पनि सुन्दैनौं, राष्ट्रपतिले विचारार्थ पठाएका प्रस्तावलाई हेर्दा पनि हेदैनौं भनेर पास गरेर उदण्डता देखाउने ?’

अध्यक्ष ओलीले यो विधेयक फिर्ता लिएर जन्मसिद्ध नागरिकताका सन्तानले नागरिकता पाउने छन् भनेर संशोधन ल्याउन आग्रह गरे ।

विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ भनेर माओवादीका अध्यक्षले भनेका छन् नि भन्ने प्रश्नमा प्रश्नमा अध्यक्ष ओलीले भने, ‘प्रचण्डको आदेशमा राष्टपतिले राजीनामा दिनुपर्ने हो ? वाहियात कुरा गर्छन् ।’