
काठमाडौं, २५ भदौ । नेकपा (एमाले) सम्पर्क समन्वय कमिटी प्रदेश १ बाट आगामी मंसिर ४ मा हुने प्रदेश र संघको निर्वाचनका लागि समानुपातिकतर्फ ३/३ जनाको नाम सिफारिस गरिएको छ ।
प्रतिनिधि तथा प्रदेशसभामा समानुपातिकतर्फ उम्मेदवारमा तीनजनाको नाम सिफारिस गरिएको हो ।
एमाले प्रदेश सम्पर्क समन्वय कमिटीको बैठकले प्रतिनिधिसभा सदस्यका लागि एमाले सम्पर्क समन्वय समितिकी सचिवालय सदस्य गीता बरालको नाम सिफारिस गरेको छ ।
त्यस्तै, कमिटीका सहइन्चार्ज नरेन्द्र श्रेष्ठ तथा समितिकै सचिवालय सदस्य सुरेन्द्र बोगटीको नाम सिफारिस गरेको हो ।
त्यसैगरी, प्रदेशसभा समानुपातिकतर्फ प्रदेश सम्पर्क कमिटी १ नम्बर प्रदेशका उपाध्यक्ष खण्डमान राई, कमिटीकी सदस्य कोपिला मोते र उदयपुर-काठमाडौं सम्पर्क मन्चका अध्यक्ष उमाकान्त चाैधरीकाे नाम सिफारिस भएको छ ।













प्रतिक्रिया