
काठमाडौं, २५ भदौ । मंसिर ४ गतेका लागि निर्वाचनको मिति घोषणा भइसकेको बेला सत्तारुढ दल नेपाली कांग्रेसभित्र विद्रोहको तयारी भएको छ ।
धनुषा कांग्रेसका नेता सन्तोषकुमार यादव नेकपा एमाले प्रवेश गर्ने तयारीमा छन् । उनी कांग्रेसको जिल्ला अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षबाट जिल्ला सभापति पदमा उम्मेदवार थिए । यादवलाई देउवाको विश्वासपात्र मानिन्छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यादवलाई सोमवार पार्टी प्रवेश गराउने कार्यक्रम रहेको जनाइएको छ । यादवले आफू एमाले प्रवेश गर्न लागेको जानकारी दिए ।
उनले भने, ‘इमान्दार कार्यकर्ताका लागि कांग्रेस पार्टी उपयुक्त छैन ।’ एमाले प्रवेश गरेर यादवले क्षेत्र नम्बर ४(ख) बाट उम्मेदवार बन्ने तयारी गरेका छन् ।
यादवले करिब ५ हजार नेता तथा कार्यकर्ता कांग्रेस पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने दाबी गरे । जिल्ला अधिवेशनमा कांग्रेस नेता बिमलेन्द्र निधि पक्षका जोगी पञ्जियार विजयी भएका थिए भने यादव पराजित भएका थिए । त्यसअघि यादव जिल्ला सचिव र उपसभापति भइसकेका थिए । पार्टीमा यादवको बलियो प्रभाव थियो ।













प्रतिक्रिया