
काठमाडौं, २५ भदौ । निर्वाचन आयोगले आजबाट चारवटा प्रदेशको प्रदेश सभा सदस्य समानुपातिक तर्फको नमुना मतपत्र छाप्ने भएको छ ।
प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेश सभाको समानुपातिक तर्फका मतपत्र छाप्ने आयोगले जनाएको छ ।
बाँकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र पछिल्लो चरणमा छाप्ने आयोगको योजना छ ।
चारवटा प्रदेशका लागि करिब एक करोड ३१ लाख मतपत्र छाप्ने आयोगले बताएको छ ।
मतपत्र भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा छापिनेछ ।
समानुपातिक तर्फको छपाइ सकिएलगत्तै प्रदेश र संघको छापिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
आयोगका अनुसार प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फ करिब २० लाख नमुना मतपत्र छापिँदै छन् ।
आयोगले भदौ २१ गतेबाट नमुना मतपत्र छाप्न सुरु गरेको हो ।
देशभरिका ७५३ वटै पालिकामा नमुना मतदान गर्ने योजना बनाएको आयोगले सोही बमोजिम मतपत्र छापेको हो ।













प्रतिक्रिया