
काठमाडौं, २५ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) गुल्मी क्षेत्र नं. १ बाट पनि प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् ।
प्रचण्ड यसअघि ५ जिल्लाबाट सिफारिस भइसकेका छन् ।
पार्टीका जिल्ला अध्यक्ष बुद्धि जीसीले अध्यक्ष प्रचण्ड आए सजिलै निर्वाचन जिताउन सकिने भन्दै सिफारिस गरिएको दावी गरे ।
माओवादीले त्यस क्षेत्रमा प्रचण्डसहित नेता पुनाराम ज्ञवालीलाई संघमा सिफारिस गरेको छ ।
त्यस्तै, प्रदेश (क) मा पार्टीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बराल, केन्द्रीय सदस्य श्रृजना तरामु मगर र कालिगण्डकी गाउँपालिका अध्यक्ष लिलबहादुर केसी प्रदेश सदस्य उमेदवारमा सिफारिस भएका छन् ।
प्रदेश सभातर्फ १ को (ख) बाट जिल्ला पार्टी सचिव अशोक थापा (मुक्ती) जिल्ला सदस्य रामचन्द्र कँडेल र वाईसीएल अध्यक्ष अशोक श्रेष्ठ सिफारिसमा परेका छन् ।













प्रतिक्रिया