३० आश्विन २०८३, शुक्रबार

मन्दिरको भेटी प्रधानमन्त्री राहत कोषमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bindhya-basini-temple
फाइल तस्वीर

– घनश्याम पौडेल
अर्घाखाँची, २४ वैशाख । विनाशकारी भूकम्पबाट पीडितको उद्धार र राहतका लागि अर्घाखाँचीमा रहेको सुपा देउराली मन्दिरमा भेटी चढेको एक लाख एक हजार एक सय ११ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ ।

नेपालकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुपा देउराली मन्दिर व्यवस्थापन समितिको बैठकले सुपा देउराली मन्दिरमा भक्तजनले चढाएको भेटी संकलन गरेर जम्मा भएको एक लाख एक हजार एक सय ११ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा पठाउने निर्णय गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रितमबहादुर थापाले बताउनुभयो ।

यस्तै चुत्राबेसीमा रहेको त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाले ५१ हजार रुपैयाँ प्रधानमन्त्री राहतकोषमा पठाएको सहकारीका सचिव तुलसी खनालले बताउनुभयो । यस्तै सन्धिखर्क चुत्राबेसीका युवाहरुको समूह अर्घाखाँची युवा परिषदले १० हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा पठाएको अर्घाखाँची युवा परिषदका अध्यक्ष कृष्णप्रसाद भुसालले बताउनुभयो ।

चुत्राबेसीकै युवाले खोलेको साथी सहकारीले पनि १० हजार रुपैयाँ उद्धार र राहतको लागि प्रधानमन्त्री राहत कोषमा पठाएको सहकारीका अध्यक्ष प्रकास भुसालले बताउनुभयो । त्यस्तै नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीले पनि पाँच हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा पठाएको अध्यक्ष प्रकास भट्टराईले बताउनुभयो । सुर्योदय महिला बचत तथा ऋण सहकारी संस्थाले पनि पाँच हजार रुपैयाँ प्रधानमन्त्री राहतकोषमा पठाएको छ ।