२८ आश्विन २०८३, बुधबार

रुपन्देही विकासमा अगाडि छः विष्णु पौडेल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, २४ भदौ । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही विकासमा निकै अगाडि रहेको बताएका छन् ।
बुटवलको कालिका मानवज्ञान माविमा आज आयोजित कानुन विद्यार्थी समाजको पद हस्तान्तरण कार्यक्रममा उनले भौतिक र पूर्वाधार विकासका हिसाबले रुपन्देही नमूना बनेको उल्लेख गरे ।
अरुले कल्पना नगरेको विकासको सुरुआत भएको दाबी गर्दै मुलुकको शैक्षिक केन्द्रका रुपमा रुपमा समेत रुपन्देहीलाई अगाडि बढाउने गरी काम भइरहेको उनले बताए ।
शैक्षिक विकासमा कालिका मानवज्ञानको योगदान उच्च रहेको जनाउँदै उनले यसले मुलुकमै उत्कृष्ट पहिचान बनाउन सफल भएको उल्लेख गरे ।