२८ आश्विन २०८३, बुधबार

बेलायती महारानीको निधनमा तीन दिन शोक मनाउने नेपाल सरकारको निर्णय

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । नेपाल सरकारले बेलायतती महारानी एलिजावेथ द्वितीयाको निधनमा ३ दिन शोक मनाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको बताइएको छ । महारानीको निधन भएकोमा नेपाल सरकार गहिरो दुःख व्यक्त गर्दै दिगंवत आत्माको चिरशान्तिको कामना गरेको छ ।

महारानीको सम्मानमा २०७९ भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।