
काठमाडौं, २४ भदौ । बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनसँगै बेलायतको राजदरबार बकिङ्घम प्यालेस अगाडि हजारौंको भिड लागेको छ ।
केहीले आधा झण्डा झुकेको दरबारको तस्बिर खिचिरहेका छन् ।
७० वर्षसम्म बेलायतको नेतृत्व गरेकी एलिजाबेथको मृत्युको सूचना बकिङ्घम प्यालेसको मुख्य प्रवेशद्वारमा राखिएको छ ।
बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा गएराति बाल्मोरलमा निधन भएको हो।
महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हालेकी थिइन् । उनको निधनपछि उनका जेठा छोरा चार्ल्स बेलायतका नयाँ राजा बनेका छन् ।















प्रतिक्रिया