२८ आश्विन २०८३, बुधबार

बारामा टाटा सुमोको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । बारामा टाटा सुमोको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका-१ मा बिहीबार भएको दुर्घटनामा जितपुर–१६ पिलुवा घर भइ हुलास जस्ता उद्योगमा सुरक्षा गार्डको काम गर्ने ४० वर्षीय दिपक मैनालीको मृत्यु भएको हो ।

काठमाडौंबाट कलैया जाँदै गरेको ना १ ज ८८०६ नम्बरको टाटा सुमोले हिजो बेलुकी पौने ९ बजे उनलाई ठक्कर दिएको थियो ।

घाइते उनको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको र सुमो चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।