२८ आश्विन २०८३, बुधबार

प्रचण्डको दावी- सिट बाँडफाँड आजै टुंग्याउँछाैं

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढबीचको सिट बाँडफाँड आजै टुंग्याउने बताएका छन् ।

भागवण्डा मिलाउन आज ३ बजेदेखि गठबन्धन दलहरुका शीर्ष नेताहरूबीच छलफल हुने प्रचण्डले बताए ।

पोखरा विमानस्थलमा आज बिहान आयोजित पत्रकार भेटघाटमा प्रचण्डले भने, ‘तीन बजेदेखि टुंगाउने गरि आज छलफल गर्दैछौं ।’

‘नेताहरुको अरु तिर कार्यक्रम नभएको भए हिजै टुंगिने अवस्था बनिसक्या थियो । तालमेलका लागि जलि समस्या भएको केही पनि छैन । तालमेलमा हामीले समझदारी बनाएर नै जान्छौं,’ उनले भने ।

आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा दलहरूबीच सिट बाँडफाँडबारे कार्यदलले प्रतिवेदन बुझाइसकेको छ ।