
काठमाडौं, २३ भदौ । कोरोना संक्रमणका कारण कमेडियन अपूर्व क्षितिज सिंहलाई साधरण तारेखमा रिहा गरिएको छ ।
उनलाई जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख गंगा पौडेलले बताएका छन् ।
नेवा समुदायमाथि लक्षित गर्दै व्यङ्ग्य सामाग्री प्रसारण गरेको आरोपमा उनी पक्राउ परेका थिए ।
बुधबार मात्रै अपूर्वलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको थियो ।
जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका उनि बिरामी भएपछि प्रहरीले गत मंगलबार उपचारका लागि वीर अस्पताल भर्ना गरेको थियो ।













प्रतिक्रिया