२८ आश्विन २०८३, बुधबार

भ्रमण सकेर फर्किए भारतीय सेनाध्यक्ष मनोज पाण्डे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,२३ भदौ । भारतका स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिने औपचारिक भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएका छन् ।

सेनाध्यक्ष पाण्डे र उनकी पत्नी अर्चनालाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्की र उनकी श्रीमती मनिषा कार्कीले बिदाइ गरे ।

नेपाल र भारतका सेनाध्यक्षहरुलाई एक अर्का देशको मानार्थ महारथीको दर्जा दिने परम्परा अनुसार पाण्डेलाई २० भदौमा राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन् ।

२० गते नै पाण्डेको सम्मानमा प्रधान सेनापति प्रभुराम शर्माले जङ्गी अड्डामा रात्रीभोज आयोजना गरेका थिए ।

भ्रमणका क्रममा पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए ।