२८ आश्विन २०८३, बुधबार

निर्वाचन कार्यतालिका सार्वजनिक, कोजाग्रत पूर्णिमाको दिन उम्मेदवारी दर्ता

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,२३ भदौ । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । जस अनुसार २३ असोजमा उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ ।

यस वर्ष हिन्दू नेपालीको ठूलो पर्व दशैंको टीका १९ असोजमा परेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार टीकाको ४ दिनपछि अर्थात कोजाग्रत पूर्णिमाको दिन देशभर उम्मेदवारी दर्ता हुनेछ । दशैंको लामो विदापछि २३ गते नै कार्यालय खुल्नेछ ।

त्यस्तै २४ असोजमा उम्मेदवारको विरोधमा उजुरी दिने, २४ र २५ असोजमा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र २५ गते नामावली प्रकाशन हुनेछ ।