३ कार्तिक २०८३, मंगलबार

सिफारिस उम्मेदवारहरूको नाममाथि एमाले केन्द्रीय कार्यालयले थाल्यो अध्ययन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । नेकपा एमालेले निर्वाचन क्षेत्र, जिल्ला कमिटी र प्रदेश कमिटीले केन्द्रीय कार्यालयमा पठाएका उम्मेदवारहरूको नाममाथि अध्ययन गर्न शुरू गरेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको मापदण्डमा रहेर उम्मेदवार छनोट गरी क्षेत्र, जिल्ला र प्रदेश हुँदै पार्टी केन्द्रमा पठाउन निर्देशन दिएको थियो । सोहीअनुसार आएका नामबारे आन्तरिक अध्ययन तथा छानबिन भइरहेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।