३ कार्तिक २०८३, मंगलबार

कांग्रेसको चरम पेलाइबाट सत्ता गठबन्धनमा समस्या, उपेन्द्र यादवले गरे बाहिरिने सङ्केत

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । नेकपा एमालेलाई देशव्यापी पराजित गर्ने लक्ष्यसहित सत्तासँगै चुनावी गठबन्धनन गरेका दलहरूबीच आपसी असमझदारी बढ्दै गएको छ ।

गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सीट बाँडफाँटमा १०० सीटबाट तल नझर्ने बलियो अडान राखेका कारण गठबन्धन दलहरूबीच पछिल्लो समय असमझदारी र अविश्वास समेत पैदा हुन थालेको छ ।

अन्य दलहरूलाई कांग्रेसले पेलानमा पारेपछि कांग्रेससँगको गठबन्धनबाट आफ्नो दललाई खासै फाइदा नहुने निष्कर्षमा गठबन्धनभित्रका दलहरू पुगेका छन् ।

यसैबीच चुनावी गठबन्धनमा सहभागी जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धन त्याग गर्ने सङ्केत देखाउन थालेको छ । आफ्नो दलले मागेको सीट कांग्रेसले दिन नसक्ने र तराई क्षेत्रमा कांग्रेसले जसपाका लागि त्याग गर्न नसक्ने भएसँगै जसपाका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनबाटै बाहिरिने चेतावनी दिएका छन् ।

जसपाले गठबन्धनमा २५ सीटको दाबी गरेको छ । तर, सीट बाँडफाँटमा सकस परेसँगै गठबन्धनबाट जसपालाई फाइदा नहुने देखेका अध्यक्ष यादव गठबन्धनबाट बाहिरिने बहाना खोजिरहेको बताइएको छ । तराइमा एक्लै लड्डा पनि २० सीट जितिने विश्वास जसपाको छ ।

गठबन्धनकै अर्को दल नेकपा एकीकृत समाजवादी पनि सीट बाँडफाँटको मोडालिटी र सीट संख्याबारे असहमति प्रकट गर्दै आएको छ ।