३ कार्तिक २०८३, मंगलबार

सुर्खेतमा नेकपा एस आउट, कांग्रेस र माओवादीले बाँडे ६ वटै सीट

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २३ भदौ । सुर्खेतको दुई वटा प्रतिनिधिसभा र चार वटा प्रदेशसभाको क्षेत्रमा कांग्रेस र माओवादीले भागवण्डा गर्दा नेकपा एकीकृत समाजवादी पार्टी आउट भएको छ ।

केन्द्रीय सहमति अनुसार नै सुर्खेतमा माओवादी र कांग्रेसको गठबन्धन हुने पक्का भएसँगै नेकपा एकीकृत समाजवादीले करिब कुनै पनि क्षेत्रमा उम्मेदवारी नपाउने पक्का भएको हो ।

सहमति अनुसार कांग्रेसले दुई वटा प्रतिनिधि सभा सीटसहित दुई वटा प्रदेश सभा सदस्यमा चुनाव लडने भएको छ भने माओवादीले दुई वटा प्रदेश सभा सदस्यमा चुनाव लडने पक्का भएको छ ।

स्रोतका अनुसार नेकपा माओवादी केन्द्रले निर्वाचन क्षेत्र नम्बर १ को (ख) र २ को (ख) मा भाग पाएको छ भने निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेश सभा सदस्य कृष्ण जीसी जितेन्द्र तथा २ को (ख)बाट विन्दमान विष्टले टिकट पाउने निश्चित भएको हो ।

यस्तै, प्रतिनिधि सभातर्फ निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसका पार्टी उपसभापति पूर्णबहादुर खड्का चुनाव लडने भएका छन् भने निर्वाचन क्षेत्र नम्बर २ बाट हृदयराम थानी लडने निश्चित भएको छ ।

गएराति सत्तारुढ गठबन्धन दलबीच भएको सहमति अनुसार निर्वाचन क्षेत्र नम्बर १ को (क) मा नेपाली कांग्रेस तथा २ को (क) मा पनि कांग्रेसले नै पाउने निश्चित भएको छ ।

यद्यपी, नेकपा एकीकृत समाजवादीले पनि निर्वाचन क्षेत्र नम्बर २ को (ख) मा दाबी छोडेको छैन । तर, उक्त क्षेत्रमा माओवादीले नछोडी समाजवादीले पाउने सम्भावना छैन ।