
पोखरा, २३ भदौ । नयाँ पुस्तालाई प्रविधिमा अभ्यस्त बनाउने र डिजिटटाइजेशन बनाउने उद्देश्यस्वरूप खोलिकाएका ई–कमर्शको पोखराको रानीपौवामा शुभारम्भ भएको छ ।
संस्थाको अध्यक्ष विजय कुमालको अध्यक्ष तामा सम्पन्न भएको कार्यक्रममा कन्या क्याम्पस पोखराका क्याम्पस प्रमुख शुरेश कुमार श्रेष्ठले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् ।
मोबाइल एपको निर्माण, सप्टवेयरको डिजाइन, डिजिटल मार्केटिङ्ग, वेबसाइट डिजाइन, ग्राफिक डिजाइन, सोसल मिडिया म्यानेजमेन्टको काम गर्ने संस्थाले जनाएको छ । यसका अलवा डिजिटल मार्केटिङ्ग तालिम, वेबसाइट डिजाइन, डिजिटल पत्रकारिता, एफलाइट मार्केटिङ्ग, ई–कमर्श विजनेश र ग्राफिक्स डिजाइन सम्बन्धी तालिम समेत दिनेछ ।
यसका साथै वस्तुको विक्रीवितरणको प्रक्रिया पनि थालिएको संस्थाले जनाएको छ । गुणस्तर समानको विक्री तथा खरीद डिजिटल माध्यामबाट गरिनेछ । अवको प्रतिस्पर्धा भनेको प्रविधिको प्रतिस्पर्धा हो । यसमा टिक्नका लागी पनि प्रविधिको युगमा पुग्नुपर्ने अध्यक्ष कुमालले बताए ।

हालसम्म करिब २ हजार २०० जनालाई तालिम दिइएको र त्यसमा पनि ८६० जना योग्यव् यक्तिहरू उत्पादन भइसकेको समेत अध्यक्ष कुमालले बताए । यहाँबाट उत्पादनभएको जनशक्तिहरू दक्षर स्वनिर्भर बनेको छ । ८६ प्रतिशत व्यक्तिहरू पुनः अन्य डिजिटल प्रविधिमा अभ्यस्त हुन सम्पर्कमा आएको हुदाँ पुनः सम्पर्क नै आफ्नो सफलता भएको समेत बताए ।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले ई–कमर्श साथीको सेवा र गुणस्तर अत्यन्तै राम्रो भएको बताए । ‘युवा शक्तिले नै समाज परिवर्तनमा मूख्य भूमिका खेल्ने उदारहण हुन्, विजय कुमाल र ममता शाह,’ प्रमुख अतिथि श्रेष्ठले भने ।
देश तथा विदेशका साथीहरू पनि विभिन्न माध्यामबाट सम्पर्कमा आएको बताउँदै भौतिक कक्षा र अनलाइनबाट कक्षा दिइएको सञ्चालिका ममता शाहले बताइन् । संस्थाले शुभारम्भको अवसरमा सेवामा ६०% र तालिममा ३० प्रतिशत विशेष छूट दिनेछ ।















प्रतिक्रिया