काठमाडौं, २३ भदौ । मोवाइल कम्पनी एप्पलले आइफोन–१४ सहितका नयाँ उत्पादनहरु सार्वजनिक गरेको छ ।
बुधबार राति एप्पलले आइफोन–१४ सहित , आइफोन–१४ प्लस, आइफोन–१४ प्रो, आइफोन–१४ प्रो म्याक्स, एप्पल वाच सिरिज–८, एप्पल वाच एसइ, एप्पल वाच अल्ट्रा र एयरपड्स प्रो–२ सार्वजनिक गरेको हो । एप्पलले आइफोन–१४ र आइफोन–१४ प्लसमा दुर्घटना भएको सूचना दिने क्र्यास डिटेक्सन फिचर रहेको र यसले जुनसुकै गाडीमा पनि दुर्घटना हुँदा सूचनासँगै आपतकालीन कल गर्ने संकेत दिने जनाएको छ । यसमा आपतकालीन समयका लागि ‘इमरजेन्सी एसओएस’ फिचर छ। यसले फोनमा सिग्नल नभएका बेला स्याटलाइटमार्फत् सन्देश पठाउने सुविधा दिने बताइएको छ। मोबाइलको एन्टेनाले स्याटलाइट फ्रिक्वेन्सीसँग कनेक्ट गर्नेछ। कम्पनीका अनुसार आकाश सफा भएका बेला यसले १५ सेकेन्डमै सन्देश पठाउन सक्छ।
एप्पलले आइफोन–१४ को स्क्रिन आकार ६.१ इन्च र आइफोन–१४ प्लसको आकार भने ठूलो बनाएर ६.७ इन्च बनाएको जनाएको छ । आइफोन–१४ को मूल्य ७९९ डलर र आइफोन–१४ प्लसको ८९९ डलर तोकिएको कम्पनीले जनाएको छ । एप्पले आइफोन–१४ को मोडलहरुमा थप फिचरहरु रहेको जनाएको छ । एप्पलले हरेक वर्षको सेप्टेम्बरमा आफ्नो नयाँ उत्पादनहरू सार्वजनिक गर्दै आएको छ ।
यस्तो छ एप्पलले सार्वजनिक गरेको उत्पादनहरु















प्रतिक्रिया