२८ आश्विन २०८३, बुधबार

गठबन्धनमा आंशिक सहमति, प्रतिवेदन बुझाउँदै कार्यदल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । सत्ता गठबन्धनका दलहरुबीच आगामी निर्वाचनका लागि सिट बाँडफाँटमा आंशिक सहमति जुटेको छ ।

सिट बाँडफाँट गर्न गठित कार्यदलको बैठकले बुधबार ८८ सिटमा सहमति गरेको बताइएको छ ।

आज बिहान बस्ने कार्यदल बैठक अन्य सिट संख्यामा पनि सहमति गरी प्रतिवेदन पेश गरिने संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका छन् ।

आज बिहान नौ बजे बस्ने कार्यदलको बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिने र शीर्ष नेताहरुलाई बुझाउने कार्यदलका एक जना सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

‘प्रतिवेदन तयार पारिसकेका छौं, बिहीबार नै शीर्ष नेताहरुलाई बुझाउँदै’ सञ्चारमन्त्रीसमेत रहेका कार्कीले भने ।

साउन २० गते कार्यदलको गठन गरिएको थियो ।