
काठमाडौं, २२ भाद्र । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अदालतको अवहेलना गरेको निवेदनमा सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाएका छन् ।
उनले आफ्ना कानुनी अधिकारीमार्फत् मंगलबार लिखित जवाफ बुझाएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए । अधिवक्ता दीपकराज जोसीले उनीविरूद्ध दिएको अदालतको अवहेलना निवेदनमाथि सर्वोच्चले लिखित जवाफ बुझाउन भनेको थियो ।
मंगलबार मेयर बालेनले बुझाएको लिखित जवाफमा आफूबाट अभिव्यक्त भएको शब्द भाषा र मनसायबाट अदालतको अवहेलना हुन नसक्ने उल्लेख छ ।













प्रतिक्रिया