२८ आश्विन २०८३, बुधबार

काठमाडौं उपत्यकामा एकै दिन ४ हजार सवारी चालक कारवाहीमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ भदौ । काठमाडौं उपत्यकामा एकै दिन ४ हजार बढी सवारी चालक कारवाहीमा परेका छन् ।

ट्राफिक प्रहरीले उपत्यकामा एकैदिन ४ हजार ११ जना सवारी चालकलाई कारवाही गरेको हो । ट्राफिक नियम उल्लंघन गरेको आरोपमा उनीहरु कारवाहीमा परेका काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १३८, लेन अनुशासन पालना नगर्ने ३३१, रेड लाइटमा सवारी साधन चलाउने ७६, निषेधित क्षेत्रमा हर्न बजाउने २१६ र नम्वर प्लेट राम्रोसँग नराख्ने ४२ जना सवारी चालक रहेका छन् । त्यस्तै, ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार २०८ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।