
काठमाडौं, २१ भदौ । अभिनेता पल साह जिल्ला अदालत नवलपरासीले आफूविरुद्ध अढाई वर्ष जेल सजायसहित क्षतिपूर्तिको फैसला गरेकोमा उच्च अदालत जाने भएका छन् ।
मंगलबार जिल्ला अदालतका न्यायाधीशले साहविरुद्ध बलात्कार प्रमाणित नहुने तर बाल यौन दुरुपयोगको ठहर भएको भन्दै अढाई वर्ष सजाय र २५ हजार जरिवाना तथा पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो ।
साहका वकिल वकिल कमलामोहन वाग्लेले उच्च अदालत जाने बताए । जिल्ला अदालतको फैसला गलत भन्दै उनले उच्चबाट न्याय मिल्ने विश्वास व्यक्त गरे ।
उनले पीडित भनिएकी नाबालिगले समेत आफूमाथि यौन हिंसा भएको छैन भन्दाभन्दै अदालतले यस्तो फैसला गर्नु गलत रहेको वाग्लेको भनाइ छ । फैसला सकारात्मक नभएको र आफूहरु उच्च अदालत जाने तयारीमा जुटेको वकिल वाग्लेले बताए ।













प्रतिक्रिया