२८ आश्विन २०८३, बुधबार

एमालेको चर्को विरोधपछि संसदको समय बढाउने प्रस्तावबाट सरकार पछि हट्यो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । प्रतिनिधिसभाको समयावधि लम्ब्याउने प्रस्तावबाट सरकार पछि हटेको छ ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा कानुनमन्त्री गोविन्द बन्दीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेको दफा १३, १४ र १५ लाई हटाउने संशोधन स्वीकार गरेका हुन् ।

संसदको समय बढाउन खोजेपछि प्रमुख प्रतिपक्षी नेकपा एमाले र नागरिकतस्तरबाट चर्को विरोध भएको थियो । आजको बैठकमा एमालेका सांसदहरुले संशोधन प्रस्ताव तत्काल फिर्ता लिन सरकारलाई चेतावनी दिएका थिए ।