३ कार्तिक २०८३, मंगलबार

बैंक अफ काठमाण्डूको कार्डबाट ई–कमर्श कारोबारमा क्यासब्याक पाइने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । बैंक अफ काठमाण्डू लिमिटेडले नजिकिदै गरेको चाडपर्वहरूलक्षित क्यासब्याक योजना सार्वजनिक गरेको छ ।

बैंकको डेबिट र क्रेडिट कार्डमार्फत हुने सम्पूर्ण ई–कमर्श कारोबारमा नगद फिर्ता योजना ल्याएको बैंकले जनाएको छ । बैंकको कार्डबाहकहरूले विभिन्न ई–कमर्श प्याटफर्मबाट सामान तथा सेवाहरू खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गरेका कारोबार गरेको रकमको १०% वा अधिकतम् रू. १ हजार ५०० सम्म नगद फिर्ता पाउने बैंकले जनाएको छ ।

नगद फिर्ता योजना अन्तर्गत बैंकको कार्डबाहकहरूले नगद फिर्ताका लागि योजना अवधिभर ३ वा सो भन्दा धेरै संख्याको ई–कमर्श कारोबार गर्नुपर्ने छ र कारोबार रकम रू. १०,००० वा सो भन्दा बढि रकम हुनपर्ने छ । यदि कसैले कार्ड अनलाइन कारोबारका लागि दर्ता भएको छैन भने कार्डबाहकहरूले बैंकको वेबसाइटमा गई आफै कार्ड अनलाइन कारोबारको लागि दर्ता गर्न सक्ने पनि बैंकले स्पष्ट पारेको छ ।

नगद फिर्ता योजना भोलिदेखि शुरू हुने बैंकले जानकारी दिएको छ ।