३ कार्तिक २०८३, मंगलबार

ग्लोबल आइएमई बैंकको २७३औँ एटीएम बुटवलको देवीनगरमा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । ग्लोबल आईएमई बैंक लिमिटेड देवीनगर शाखाले आफ्नो शाखा परिसरमा दोस्रो एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।

नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या २७३ पुगेको छ । उक्त एटीएम सेवाको समुद्घाटन बुटवल उपमहानगरपालिका–११ देवीनगरका वडाध्यक्ष रामचन्द्र क्षेत्री तथा बैकका लुम्बिनी प्रदेश प्रमुख रबि श्रेष्ठले संयुक्त रुपमा गरेका छन् ।

मुलुकका सतहत्तरै जिल्लामा २८९ वटा शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २७३ वटा एटीएम, २७५ वटा शाखारहित बैंकिङ्ग सेवा, ५२ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।