
काठमाडौं, २१ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशभर गरिएको ४ हजार ५९० जनाको नमूना परीक्षणबाट ३०० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९८१ जनाको आरटी–पीसीआर गर्दा १७७ जना र २ हजार ६०९ जनाको एन्टिजेन परीक्षण गर्दा १२३ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ९८ हजार १६७ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । पछिल्लो विवरण अनुसार नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १२ हजार सात जना छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२४ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ८३ हजार ७०३ जना पुगेको छ । यो कुल संक्रमितको ९८ दशमल ६ प्रतिशत हो ।
अघिल्लो दिन देशभर ४ हजार ५८ जनाको नमूना परीक्षण गर्दा २२१ जनामा संक्रमण पुष्टि भएको थियो भने कोरोना सङ्क्रमणका कारण कसैको पनि मृत्यु भएको थिएन । उक्त दिन २०६ जना संक्रमित संक्रमणमुक्त भएका थिए ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४५७ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५९ लाख १६७ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले २ हजार ४५७ जना आइसोलेसनमा छन् ।















प्रतिक्रिया