३ कार्तिक २०८३, मंगलबार

माओवादी अध्यक्ष दाहालको दाबी : सबैको अस्तित्व स्वीकार हुनेगरी सिट बाँडफाँट हुन्छ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, २१ भदौ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबैको अस्तित्व स्वीकार हुनेगरी सिट बाँडफाँट हुने बताएका छन् ।

आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले गठबन्धनमा मागेअनुसार सिट भाग नपरे पनि सबैको अस्तित्व स्वीकार हुनेगरी सिट बाँडफाँट हुने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले बुधबारभित्र सिट बाँडफाँट टुङ्गो लगाउने गरी छलफल भइरहेको पनि बताएका छन् । उनले भने, ‘सिट बाँडफाँटमा समस्या हुँदैन ।’ नेपाली कांग्रेसले एक सय, माओवादीले ६०, एकीकृत समाजवादीले २५ र जनता समाजवादीले २५ सिट दाबी गरेको बताउँदै उनले भने, ‘दाबी अनुसार कांग्रेस केही तल झर्ने सम्भावना रहेको छ र माओवादी ६०, समाजवादीले २५ सिट र जनता समाजवादीले २५ सिटको वरिपरी दाबी गरिरहेको छ ।’

सत्ता गठबन्धनले प्रभावकारी तालमेल गरेरै निर्वाचनमा जाने अध्यक्ष प्रचण्डको भनाइ छ । रासस