२९ आश्विन २०८३, बिहिबार

मधुमेह र दाँत परीक्षणको निःशुल्क शिविर सञ्चालन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २१ भदौ । भक्तपुर नगरपालिका वडा नं. १० ले मधुमेह र दन्त शिविर सञ्चालन गरेको छ ।

कमलबिनायक बक्सिङ हलमा गत शनिबार आयोजना गरिएको शिविरको पहिलो शत्रमा स्वास्थ्यसँग सम्बन्धित विषयको छलफल तथा जानकारी दिइएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्व वडाध्यक्ष चन्द्रबहादुर उलकले मेधुमेह र दन्त शिविरले रोग पहिचान भइ जीवन बचाउन सक्ने बताउँदै सुगरले दाँत, आँखा र कलेजो लगायत शरीर बिगार्ने बताए ।

सोही कार्यक्रममा भक्तपुर वडा नं १० का वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले स्वस्थ नै जीवनको अमूल्य बताउँदै नगरपालिकाले सञ्चालन गरेको जनस्वास्थ्य विस्तारित रूपसहित ख्वप अस्पताल बनेको र जिल्लाका सबै जनतालाई स्वास्थ्य सेवा दिन लागिपरेको बताए ।

उनले अहिले बजारमा भएको मिसावट खाद्यान्न किनेर हामी स्वयं रोग पालिराखेको भन्दै आफैंले स्वास्थ्यको ख्याल गर्नुपर्नेमा जोड दिए ।

ख्वप अस्पतालका दन्त विशेषज्ञ डा. इभा कंशाकारले सुगर र दन्त रोग एक अर्कामा परिपूरक भएको बताउँदै दाँतको दुखाइमा समेत सुगर परिक्षणको आवश्यकताबारे जानकारी गराइन् ।

वडा सदस्य तारा शाक्यको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा उनले शिक्षा र स्वास्थ्यमा भक्तपुर नगरपालिकाले गरिरहेका कामबाट जनताले सहज रूपमा फाइदा पाउने बताइन् ।

उक्त कार्यक्रम पछिको शिविरमा दाँत परीक्षणमा तीन वर्षदेखि ७२ वर्षसम्मका ६१ जना र सुगर परीक्षणमा २२ वर्षदेखि ७९ वर्षसम्मका ८५ जना सहभागी भएका छन् ।