३ कार्तिक २०८३, मंगलबार

गगन थापाको प्रश्न– संसद् खाली भएको समयमा राजनीतिक दुर्घटना भए के गर्ने ?

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद गगन थापाले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९’ पारित गर्न सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिनुपर्ने बताएका छन् ।

उनले प्रतिनिधिसभाको कार्यकालका विषयमा संविधानमै फर्केर निर्णय लिनुपर्ने भन्दै संसद् खाली भएको समयमा राजनीतिक दुर्घटना भए के गर्ने भन्दै प्रश्न समेत गरेका छन् । सांसद थापाले संसद् खाली भएको समयमा राजनीतिक दुर्घटना भए के गर्ने भन्ने विषय ऐन र कानुनमा नभएको भन्दै सबै दलले यसप्रति सोच्नुपर्नेमा जोड दिएका छन् ।

‘देशमा राजनीति शान्त भएको समयमा यो विधेयक ल्याएको भए ठीक हुन्थ्यो । समयमै त्यो काम गर्नबाट चुक्यौं । स्थानीय निर्वाचनअघि स्थानीय सरकार, प्रदेश र संघीय संसदको कार्यकालबारे निर्णय गरेको भए हुन्थ्यो । तर हामीले गरेनौं । हामी यसमा चुक्यौं,’ उनले भने, ‘एउटा संसदबाट अर्को संसदमा जाँदा दुर्घटनाको अवस्था आउन सक्छ । संंसद खाली रहेको बेला दुर्घटना भयो भने के हुन्छ ? यसबारे पनि सबै एक ठाउँमा आउनुपर्छ ।’