
भक्तपुर, २१ भदौ । बालबालिका तथा किशोरकिशोरीहरूको सवालमा निरन्तर काम गर्दै आएको नेपाल डिस्ट्रिक अफ अप्टिमिष्ट इन्टरनेशनलको प्रथम महाधिवेशनले पृथ्वीराज थापाको गभर्नरमा नयाँ नेतृत्व चयन भएको छ ।
भक्तपुरमा सम्पन्न दुईदिने अधिवेशनले डिपुटी गभर्नरमा केशव काफ्ले, लेफ्टिनेट गभर्नरहरूमा सुनितादेवी गौडेल, ऋषिश्वर थपलिया, रिना श्रेष्ठ, डा.भबिष्यकुमार मिश्रा र सुरेन्द्र थापा चयन गरेको छ ।
त्यस्तै सर्जेन्ट एट आर्मसमा प्रतावबहादुर थापा, पार्लियामेन्ट्रियनमा अनिलबहादुर शाही, को–ओडिनेटरहरूमा अन्जना आचार्य, विक्रमराज पाण्डे, देबराज राजवंशी, जनार्दन अर्याल, प्रदिपकुमार मण्डल, रामप्रसाद मैनाली, सागर तामाङ्ग, राजाराम परियार, कुमारमान बहादुर बस्नेत र राधादेवी बोहोरा चयन भएका छन् ।
गभर्नर थापाले महासचिवमा प्रकाश घिमिरे, कोषाध्यक्षमा शरदचन्द्र भट्टराई र कानुनी सल्लाहाकारमा निरज ढुङ्गेललाई मनोनित गरेको थापाले जानकारी दिए । संस्थाका पूर्व गभर्नर उदयकुमार निरौलाको सभापत्तित्वमा सम्पन्न महाधिवेशनले आगामी २ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनमा ४१ वटा क्लबका १३१ जना सदस्यहरूको सहभागिता रहेको थियो ।















प्रतिक्रिया