२८ आश्विन २०८३, बुधबार

संसदको अवधि बढाउने विधेयक तत्काल फिर्ता लिन एमालेको चेतावनी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । नेकपा (एमाले)का सांसद शेरबहादुर तामाङले संसदको कार्यकाल बढाउने सम्बन्धी विधेयक सरकारले फिर्ता लिनुपर्ने बताएका छन् ।

विधेयकप्रति गम्भीर विमति जनाउँदै तामाङ आफूहरूलाई विधेयक स्वीकार्य नहुने बताए । कानुन मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले प्रस्तुत गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफलमा संशोधन प्रस्ताव पेस गर्दै तामाङले विधेयक तत्काल फिर्ता लिन माग गरेका हुन् ।

‘सरकारले यो विधेयक फिर्ता लिओस् भन्ने हामी चाहन्छौँ । कानुनमन्त्रीले आज फिर्ता लिए भन्नुभएन भने त्यसपछाडिको परिस्थिति उहाँले व्यहोर्नुपर्छ,’ चेतावनी दिँदै तामाङले भने, ‘हामी जिम्मेवार प्रतिपक्ष मात्र होइनौँ संसद्को जिम्मेवार टाइगर पनि हौँ । यसरी लोकतन्त्रको इकोसिस्टम बिगार्दै हिँड्ने हो भने हामी यहाँबाट निस्कने अवस्था आउन सक्छ । यस्ता विषयलाई ख्याल ख्यालको विषय नबनाऔँ ।’