३ कार्तिक २०८३, मंगलबार

पर्यटनमन्त्री श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्छ : सांसद पौडेल

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । राष्ट्रिय सभाकी सांसद डा. बिमला राई पौडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएकी छिन् ।

जनताले तिरेको करबाट तलबभत्ता खाएको व्यक्तिले पदमा पुगेपछि शासक नभएर सेवक हुनुपर्ने भन्दै उनले मन्त्री श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएकी हुन् ।

‘जनताले तिरेको करबाट सेवासुविधा लिने हामी जनप्रतिनिधि, प्रधानमन्त्री, मन्त्री र सरकारका सबै अंगहरु जनताका सेवक हुन्, शासक होइनन्,’ आज बसेको राष्ट्रियुभा बैठकको शून्य समयमा उनले भनिन्, ‘दुई दिन अगाडि एक जना विद्यमान मन्त्रीले एउटा कार्यालयमा भिसा लिन जाँदा एउटा गार्डमाथि गरेको अमानवीय व्यवहार एकदमै अस्वीकार्य छ ।’

मन्त्री श्रेष्ठले सार्वजनिकरूपमा माफी माग्नुपर्नेमा जोड दिँदै सांसद पौडेलले भनिन्, ‘उहाँले सार्वजनिक रुपमा माफी माग्नुपर्छ । राजीनामा त उहाँले दिनुहुन्न मलाई थाहा छ, तर सार्वजनिक रुपमा भने माफी माग्नुपर्छ ।’