३ कार्तिक २०८३, मंगलबार

तनहुँबाट समानुपातिकमा प्रतिनिधिसभाका सात र प्रदेशसभाका २१ जनाको नाम सिफारिस

7.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, २० भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले प्रतिनिधिसभा र प्रदेशसभाका लागि समानुपातिक उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।

जिल्ला कमिटी तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा आज सोमबार बसेको बैठकले प्रतिनिधिसभा समानुपातिकमा सात जना र प्रदेशसभा समानुपातिकमा २१ जनाको नाम सिफारिस गरेको हो ।

जसअनुसार प्रतिनिधिसभातर्फ शेषमणि आचार्य, शान्तिदेवी खनाल, वेदकुमारी वाग्ले, विष्णु कुमार सिग्देल, एकबहादुर राना, विश्वबन्धु भण्डारी र राधाकुमारी महत सिफारिस भएका छन् ।

यसैगरी प्रदेशसभातर्फ शिव अधिकारी, सविता रसाइली, धर्म खनाल, हरिबहादुर थापा, बाबुराम सुनार, आनन्दमान जोशी, सेतीमाया गौतम, श्यामकुमार श्रेष्ठ, सीता घिमिरे, देवबहादुर गुरुङ, कृष्ण राज ढकाल, ममिन मिया, रणबहादुर गुरुङ, नुर महमद मिया, रामकुमार श्रेष्ठ, ईन्द्रमान परियार, गञ्जसिंह गुरुङ, सिताराम सुर्खाली, विष्णुमाया ढकाल, प्रभा श्रेष्ठ र घनश्याम देवानलाई सिफारिस गरिएको छ ।