३ कार्तिक २०८३, मंगलबार

एमालेका टोपबहादुर रायमाझी अर्घाखाँचीबाट सर्वसम्मत सिफारिस

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची, २० भदौ । नेकपा एमालेका केन्द्रीय सचिव एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी प्रतिनिधि सभा सदस्यका लागि अर्घाखाँचीबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।

सोमबार बसेको जिल्ला कमिटीको बैठकले सचिव रायमाझीको एकल नाम सिफारिस गरेको हो । रायमाझी यसअघि अर्घाखाँचीबाट लगातार निर्वाचित हुँदै आएका छन् ।

बैठकले प्रदेश सभा ‘क’ मा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य चेतनारायण आचार्य र प्रदेश सभा ‘ख’ मा पार्टीका लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेलाई पार्टीले सर्वसम्मत सिफारिस गरेको छ ।