२९ आश्विन २०८३, बिहिबार

भतरपुरमा निःशुल्क स्वास्थ्य शिविर, ९३५ लाभान्वित (तस्वीरहरूसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २० भदौ । चिनवनको भरतपुरमा सञ्चालित एक दिने शिविरबाट ९३५ जना लाभान्वित भएका छन् ।

गीतानगर लायन्स क्लब, भरतपुर महानगरपालिका वडा नंं १३ स्थिति चितवन हर्नविल लायन्स क्लब र गीतानगर लियो क्लबको संयुक्त आयोजनामा गत शनिबार सञ्चालित उक्त शिविरमा निःशुल्क स्वास्थ्य जाँच गरी औषधि वितरण गरिएको थियो ।

काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोग तथा लाइफलाइन हेल्थ होम, पुल्चोक ललितपुरको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं. १३ को उज्ज्वल चोकमा सम्पन्न शिविरमा रोगबाट पीडित गरीब तथा पिछडिएका समुदायका रोगीहरूले सेवा लिएका थिए ।

आर्थिक अभावले उपचार गराउन नपाएका वा अस्पतालसम्म सेवा लिन जान नसक्नेहरूले सो शिविरबाट सेवा लिएका थिए । गीतानगर लायन्स क्लबका अध्यक्ष देभेन लोहनीका अनुसार शिविरमा जनरल मेडिकल, स्त्रीरोग, बालरोग, हाडजोर्नी तथा नसा, छााला रोग, नाक, कान घाँटी, आँखा, दन्त र पाठेघर रोगसम्बन्धी सेवा दिइएको थियो ।

हेर्नुहोस् तस्वीरहरू–