
काठमाडौं, २० भदौ । पूर्व सुरक्षाकर्मी परिषद् नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको राजीनामा माग गरेको छ ।
मन्त्री श्रेष्ठले ठमेलस्थित् भीएफएस ग्लोबलको सुरक्षामा खटिएका सुरक्षागार्ड शेरजंग गुरुङमाथि राज्यशक्तिको दुरुपयोग गरेर जेल हालेको भन्दै परिषदले आज सोमबार पत्रकार सम्मेलन गरेर राजीनामा माग गरेको हो ।
शुक्रबार सुरक्षामा खटिएका गरुड सेक्युरिटिज गार्डका सुपरभाइजर ५१ वर्षीय गुरुङमाथि दुर्व्यवहार गरेको आरोप लागेको छ । सोही आरोपमा गुरुङ यतिबेला प्रहरी हिरासतमा छन् । उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र व्यवहार मुद्दाअन्तर्गत पाँच दिनको म्याद थप गरेको छ ।
उनलाई अहिले दरबारमार्ग प्रहरीको हिरासतमा राखिएको छ ।















प्रतिक्रिया