
काठमाडौं, २० भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले गरुड सेक्यूरिटीका सुरक्षाकर्मी शेरजंग गुरुङलाई गैरकानूनीरूमा हिरासतमा राख्न लगाएको भन्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।
मन्त्री श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेका गरुड सेक्यूरिटी गार्ड गुरुङलाई तत्काल थुनामुक्त गर्नुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दर्ता भएको हो ।
शेरजंगकी पत्नी लक्ष्मीले आफ्ना पतिलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा निवेदन दिएकी हुन् ।















प्रतिक्रिया