३ कार्तिक २०८३, मंगलबार

बुङमती घुम्न सघाउने मोबाइल एप तयार, विभिन्न सम्पदाबारे जानकारी समावेश

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेको पुरानो बस्ती बुङमति घुम्न सघाउने मोबाइल एप तयार भएको छ ।

ललितपुर वडा नम्बर २२ मा पर्ने पुरानो बस्ती बुङमती घुम्ने पर्यटकको सहजताका लागि पर्य(सम्पदा परियोजनाअन्तर्गत ‘बुङमती’ नामक एप तयार गरिएको हो । एपमा बुङमतीभित्रका ४० भन्दा बढी मुर्त सम्पदाबारे जानकारी उपलब्ध गराइएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई पुरानो सम्पदा बस्ती बुझ्न र घुम्न सजिलो बनाउने अपेक्षा गरिएको छ । यो सम्पदा बस्तीले प्रविधि अपनाएर सुरु गरेको नयाँ प्रयास हो ।

बुङमती, काठमाडौं उपत्यकाको पुराना सम्पदा वस्तीहरु मध्ये एक हो । जसलाई सरकारले सम्पदा बस्ती घोषणा गरेको छ। यहाँ मच्छिन्द्रनाथ, कार्यविनायक, भैरव, मनकामनाजस्ता धार्मिक महत्व बोकेका मन्दिरहरु छन् ।

परम्परा र रीतिरिवाजहरुले पनि भरिपूर्ण बस्ती भएकाले बुङमती पर्यटकको रोजाइमा पर्ने गर्छ । काठमाडौंबाट छोटो दूरीमा अवस्थित रहेको पुरानो सम्पदा बस्ती भएकाले आन्तरिक पर्यटकहरु समेत फुर्सदमा बुङमती पुग्ने गर्छन् । यसरी बुङमती घुम्न आउने पर्यटकलाई यहाँका धार्मिक तथा साँस्कृतिक महत्व बोकेका सम्पदाबारे जानकारी दिन मोबाइल एप्लीकेशन तयार पारिएको पर्य–सम्पदा परियोजनाका वरिष्ठ कार्यक्रम अधिकृत प्रबिन बज्राचार्यले जानकारी दिए ।

एप्लीकेशनमा अहिले बुङमतीको नक्सासँगै बस्तीभित्र रहेका घुम्नै पर्ने ठाउँको तस्विरसहित संक्षिप्त जानकारी समावेश छ । आउँदा दिनमा प्रयोगकर्ताको आवश्यकतालाई मध्यनजर गर्दै एपलाई परिमार्जन गरिने उनको भनाई छ ।

बुङमती घुम्न सघाउने एप गुगल प्ले स्टोरमा उपलब्ध छ । साथै बुङमतीका धार्मिक एवम् साँस्कृतिक सम्पदासँगै विभिन्न चाडपर्व, रितिरिवाजलगायत विस्तृत जानकारीका लागि वेब पोर्टल पनि सञ्चालनमा छ ।