३ कार्तिक २०८३, मंगलबार

नागरिकता विधेयक आजै राष्ट्रपति कार्यालय पठाउने तयारी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । राष्ट्रपतिको अवमूल्यन गरी दोस्रोपटक प्रतिनिधिसभा र राष्ट्रियसभाले हुबहु पारित गरेको नागरिकता विधेयकलाई प्रमाणीकरणका लागि पुनः राष्ट्रपति कार्यालय पठाउने तयारी भइरहेको छ ।

प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले विधेयकलाई प्रमाणीकरणका लागि दोस्रो पटक आजै राष्ट्रपति कार्यालय पठाउने तयारी गरेको बताइएको छ ।

यसअघि प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले गत साउन २९ गते पुनरवलोकनका लागि आठ बुँदे सन्देशसहित फिर्ता गरेकी थिइन् ।

तर, सत्ता गठबन्धनका दलहरूले राष्ट्रपतिले पठाएको सन्देशको अवमूल्यन गर्दै बलमिच्याइँपूर्वक उक्त विधेयकलाई दुवै सदनबाट हुबहु पारित गराएका छन् ।