
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्य्यनमन्त्री जीवनराम श्रेष्ठले छायाँ सेन्टरमा आफू र आफ्नो सेक्युरिटीमाथि दुर्व्यवहार भएको दाबी गरेका छन् ।
आइतबार छायाँ सेन्टरका सुरक्षागार्डलाई ५ दिन म्याद थप गरी जिल्ला प्रशासन कार्यालयले अनुसन्धान गर्न अनुमति दिएपछि मन्त्रीको चर्को आलोचना भएको थियो ।
आफू लाइनमा नबस्ने अनि लाइन नमिच्न अनुरोध गर्ने सुरक्षागार्डलाई कारबाही गर्ने भनेर सामाजिक सञ्जालमा तीव्र विरोध भएको थियो । यता मन्त्री श्रेष्ठले भने आज बिहान फेसबुकमा स्टाटस लेख्दै पब्लिकको प्रतिक्रियाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै सत्य तथ्य बुझेर मात्रै टिप्पणी गर्न आग्रह गरे ।
‘पब्लिकको प्रतिकृया स्वभाविक छ, तर त्यो घटना लाइनमा नबसेर भएको नभई म र मेरो सेक्युरिटीमाथि दुर्व्यवहार गरिएकोले सेक्युरिटीले आफ्नो निकायमा जानकारी गराएको हो’, उनले लेखेका छन्, ‘घटनाबारे सत्य तथ्य बुझेर मात्र प्रतिकृया दिन र सबै नेता/मन्त्री खराब हुन् भन्ने भाष्य निर्माण गर्ने षडयन्त्रप्रति चनाखो हुन आग्रह गर्दछु ।’













प्रतिक्रिया