३ कार्तिक २०८३, मंगलबार

डेंगुका बिरामीको चाप बढेपछि एउटै बेडमा दुई जनासम्म बिरामी राख्नुपर्ने बाध्यता

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । काठमाडौं उपत्यकामा पछिल्ला दिनमा डेंगु संक्रमित बढ्दै गएका छन् ।

टेकुस्थित शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पतालमा पछिल्ला दिनमा दैनिक ७० देखि ८० जना संक्रमित उपचारका लागि पुग्छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आकस्मिकमा आउने बिरामीलाई सुताउने ठाउँ नभएर एउटा बेडमा दुई जना सुताउनु पर्ने स्थिति छ ।

डेंगु भाइरस ‘एडिस’ जातको लामखुट्टेले सार्ने गर्दछ । यसको शरीर कालो सेतो जेब्राको जस्तै रङ्गको हुन्छ ।

सङ्क्रमित व्यक्तिलाई टोक्दा रगतमार्फत भाइरस लामखुट्टेको शरीरमा प्रवेश गर्दछ र ८ देखि १२ दिनपछि सो सङ्क्रमित लामखुट्टेले अर्को व्यक्तिलाई टोक्दा भाइरस सर्ने गर्दछ ।