३ कार्तिक २०८३, मंगलबार

हिमाल आरोहणमा नेपाल लाइफको सहकार्य

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । गोर्खाको मध्यम परिवारमा जन्मिएकी पूर्णिमा श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो ।

उनी पेशाले फोटो पत्रकार समेत हुन् । उनले सगरमाथासहित नेपालको आठ हजार मीटरभन्दा माथि उचाईमा रहेका सात ओटा हिमालहरु चढीसकेकी छिन् ।

अब पूर्णिमा श्रेष्ठ बिनाअक्सिजन मनास्लु हिमालको आरोहणमा जाँदै छिन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्णिमा श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरेको छ । यसै सन्दर्भमा आज कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र पूर्णिमा श्रेष्ठबीच सम्झौतामा हस्ताक्षर भएको छ ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले श्रेष्ठको सफल आरोहणको कामना गरे भने आरोही श्रेष्ठले आफ्नो हिमाल आरोहणमा नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीसँग सहयात्रा गर्न पाएकोमा गौरवान्वित र हौसला मिलेकोे बताइन् ।