
काठमाडौं, १९ भदौ । नेपालीहरूको महान चाड बडा दशैं र तिहार नजिकिँदै गर्दा स्मार्ट सेलले दशैँ–तिहारलाई लक्षित गरी दुई वटा नयाँ अफरहरू सार्वजनिक गरेको छ ।
ती अफरहरू ‘स्मार्ट सेल मेगा मिनेट’ र ‘स्मार्ट सेल विक्ली कम्बो प्याक’ भएको कम्पनीले जनाएको छ । यी अफरहरूमा प्रयोगकर्ताले सबै नेटवर्कमा कल गर्न मिल्ने भ्वाइस प्याकहरू, डाटा प्याकहरू र एस एम एस प्याकहरू सस्तो दरमा प्रयोग गर्न पाउनेछन् ।
स्मार्टटेल नेपालको तेस्रो ठूलो दूरसञ्चार सेवाप्रदायक कम्पनी हो । जुलाई १, २००८ देखि स्मार्ट सेल नेटवर्कमार्फत दूरसञ्चार सेवाहरू प्रदान गर्दै आएको यस कम्पनीले आफ्नो ग्राहकलाई कम मूल्यमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

देशैभर फैलिएको सबैभन्दा फास्ट ४जी नेटवर्क सबैभन्दा कम मूल्यमा प्रदान गर्दै स्मार्ट सेल मोबाइल डाटा प्रयोगकर्ताहरूको रोजाइमा परेको छ । मोबाइलमा सोसल मिडियाको प्रयोग गर्न देखि अनलाइन गेम खेल्नसम्म, वा वेब सर्फिङ गर्नको लागि, सस्तो डाटाको कारण स्मार्ट सेलको लोकप्रियता युवा ग्राहकमाझ लोकप्रिय रहेको छ ।
दशैं–तिहारको उपलक्ष्यमा स्मार्ट सेलले ‘स्मार्ट सेल मेगा मिनेट’ प्याक ल्याएको छ । यो प्याक खासगरी आफ्ना प्रियजनहरूसँग लामो कुराकानी गर्न रुचाउने ग्राहकहरुको लागी ल्याइएको हो । यो प्याक अन्तर्गत प्रयोगकर्ताले नेपालको जुनसुकै नेटवर्कमा सुपथ मूल्यमा कल गर्न पाउँछन् ।















प्रतिक्रिया