२९ आश्विन २०८३, बिहिबार

बालेनले चलाए कोटेश्वरमा पनि डोजर

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रका अनधिृकत संरचना डोजर लगाएर हटाउन थालेको छ ।

फुटापथ मिचेर राखेको होर्डिङ बोर्ड, होटल, टहरा लगायतका संरचना डोजरको प्रयोग गरेर हटाउन थालिएको जनाइएको छ ।

महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले महानगरको सूचनालाई बेवास्ता गरेपछि डोजर लगाएर अनधिकृत संरचना हटाउन आफूहरु बाध्य भएको बताए । आज कोटेश्वर क्षेत्रमा ठूलो संख्यामा नगर प्रहरी परिचालन गरिएको छ ।