४ कार्तिक २०८३, बुधबार

परासी पुग्यो युवा संघ नेपालको महाकाली–मेची युवा जागरण

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । युवा संघ नेपालद्वारा सञ्चालित महाकाली–मेची युवा जागरणको तेस्रो दिन लुम्बिनी प्रदेशको राजधानी भालुवाङ क्षेत्रबाट कपिलबस्तु, बुटवल हुँदै परासी पुगेको छ ।

‘भ्रष्टाचार र अनियमितताको आधार–भड्किलो र खर्चिलो निर्वाचन बहिष्कार’ भन्ने मूल नारासहित लमही बजारमा निकालिएको मोटरसाइकल र्यालीपछि कोणसभा सम्पन्न भएको थियो ।

लमहीबाट प्रदेश राजधानी भालुबाङ पुगेर संघको केन्द्रीय र स्थानीय नेतृत्वले पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको अपिल वितरण गरेको थियो ।

उक्त अपिल कपिलबस्तुको चन्द्रौटा बजारमा वितरण गरेपछि ४ नं. जितपुरमा कोणसभा सम्पन्न भयो । यात्राका क्रममा बुटवलमा जागरणसभाको आयोजना गरिएको छ ।