२९ आश्विन २०८३, बिहिबार

एनआरएन चीनले डेढ करोड संकलन गर्‍यो, भत्किएका संरचना बनाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nrn-China

बेइजिङ, चीन । नेपालका भूकम्प पीडितका लागि चीनका प्रवासी नेपालीहरुले राहत संकलन गरेका छन् । चीनमा रहेका प्रवासी नेपालीहरुको संगठन गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएन)ले गत अप्रिल २५ मा नेपालमा गएको शक्तिशाली भूकम्पबाट पीडितहरुको सहयोगका लागि डेढ करोड संकलन गरेको हो ।

उक्त रकम एक हप्तामा संकलन गरिएको एनआरएन चीनका कोषाध्यक्ष रोहित अग्रवालले बताउनुभयो । संकलित रकमबाट यस संस्थाले एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएन)को सहकार्यमा तत्कालिन तथा दिर्घकालिन गरी दुइ चरणमा राहत वितरण गर्ने निर्णय गरेको छ ।

तत्कालिन राहतका लागि चीनले एनआरएन काठमाडौं सचिवालयलाई ५० लाख भन्दा धेरैको राहत सामग्री पठाइसकेको छ । यसैगरी बाँकी एक करोड रुपैया भने एनआरएन सचिवालयकै सहकार्यमा भूकम्पबाट अत्यन्त प्रभावित गाउँहरुमा विद्यालय, स्वास्थ्य चौकी एवं पुनर्वासको पुनः निर्माणका लागि रकम छुट्टाइएको छ ।

पहिलो चरणमा ५ हजार दुइसय पचहत्तर वटा ब्ल्याङकेट नेपालमै खरिद गरी एनआरएन काठमाडौं सचिवालयलाई बुझाइएको उहाँले जानकारी दिनुभयो । यसै गरी नेपालमा त्रिपालको अभाव देखिएपछि चीनबाट तत्काल एयर कार्गोबाट पठाउन सम्भव नदेखिकाले एनआरएन चीनकै पहलमा भारतको पटनाबाट दुइ हजार थान त्रिपाल नेपाल भित्रिसकेको र आज काठमाडौंको सचिवालयमा बुझाइएको छ ।

एनआरएन चीनले ग्वाङ्गजौबाट २ लाख गोटा मास्क र १६ वटा टेन्ट आजै एयर काग्रो मार्फत नेपाल पठाएको छ । एनआरएन चीन क्षेत्रीय संगठन चच्याङ्ग (इयू)बाट पनि १ लाख ११ हजार गोटा मास्क र एक हजार थान ब्ल्याङ्गकेट एयरकार्गो मार्फत र एक हजार थान त्रिपाल भारतबाट काठमाडौं पठाइएको छ ।

संकलित रकम चीनको ग्वाङ्गजौमा २६ अप्रिलमा संजय चेतानीको अध्यक्षतामा यसै संस्थाका सल्लाहकार डिल्लीप्रसाद पराजुलीको संयोजकत्वमा गठित भूकम्प राहत संकलन एवं ब्यवस्थापन कमिटीले ८२ लाख, सचिव प्रदिप न्यौपानेको संयोजकत्वमा गठित कमिटीको पहलमा चीनको फुजियान प्रान्तको सिसी र चिन्च्याङ्ग सहरबाट ४३ लाख रुपैयाँ, क्षेत्रीय संगठन चच्याङ्गका अध्यक्ष विनोद तिमल्सिनाको संयोजकत्वमा गठित कमिटीले २४ लाख संकलन गरेको थियो ।

एनआरएन चीनको तर्फबाट एनआरएन सचिवालय, काठमाडौंसंग नियमित सम्पर्कमा रहि पूर्वअध्यक्ष सुधिर प्रसाद तिमिल्सिना र सदस्य श्यामहरि सेढाइ नेपालमै राहत ब्यवस्थापन एवं वितरण कार्यमा खटीएका छन् । उहाँहरुको नेतृत्वमा एनआरएन चीनले सोमबार नुवाकोटको खरानीटारमा राहत सामग्री बाँडेको थियो ।

Microsoft Word - 150427-LETTER TO RAISE FUND FOR EARTHQUAKE VICTIMS